धनगढी । कैलाली र कञ्चनपुरबाट प्रहरीले पटाका बरामद गरेको छ।
कैलालीको धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट अन्दाजी रु ९६ हजार ६३० बराबरको बिभिन्न किसिमका पटाका जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ ब्रहमदेव रोडबाट अन्दाजी रु १२ लाख ४८ लाख ५२० बराबरको बिभिन्न किसिमका पटाका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ।













