धनगढी । इजरायलमा रहँदा हमास समूहको अपहरणपछि मारिएका कञ्चनपुरका विपिन जोशीको आज अन्त्येष्टि गरिएको छ ।
जोशीको राष्ट्रिय सम्मानका साथ महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको हो ।
बिहान विपीनको निवास भीमदत्त नगरपालिका-३ भाषीबाट शवयात्रा निकालेर महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिअघि विपीनलाई सशस्त्र प्रहरीले सलामी अर्पण गरेका थिए ।
विपीनको शवयात्रामा नेपालका लागि इजरायली राजदूत,जनप्रतिनिधि, आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।
उनको शव इजरायलबाट सोमबार दिउँसो काठमाडौं ल्याइपुर्याइएको थियो। काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी र त्यहाँबाट उनको घर पुर्याइएको थियो। विपिनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका अधिकारी विपिनको घरसम्म पुगेका थिए।
दुई वर्षअघि अध्ययनको सिलसिलामा इजरायल गएका विपिन जोशीको हमास लडाकुको नियन्त्रणसँगै हत्या भएको थियो।
दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको थिए।













