धनगढी । कञ्चनपुरमा एक पसलमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएका छन ।
मंगलबार जिल्लाको बेलौरी नगरपालिका-८ कलकत्ता बस्ने ओमप्रकाश रानाले संचालन गर्दै आएको आकृति सपिङ सेन्टर एण्ड टि-सर्ट प्रिन्टिङ पसलमा आगलागी भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पसलमा अगरबत्ती बाल्ने क्रममा अचानक आगलागी भइ पसलमा रहेको लत्ताकपडासहित अन्दाजी रु. १ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति नभएको तथा प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको जनाइएको छ ।













