धनगढी । कैलालीको गोदावरी नगरपालिकाले आज (भाइटीका)का दिन नगरवासीका लागि नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
नगरपालिकाले एक सूचना जारी गर्दै नि:शुल्क बससेवा संचालन गर्ने जानकारी दिएको हो ।
भाइटीकामा स्थानीयवासीहरूको सहज आवागमनका लागि नवजीवन अस्पताल प्रालिको सहयोगमा आज तीन रुटमा नि:शुल्क बसहरू सञ्चालन गरिने नगरप्रमुख वीरेन्द्र भट्टद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
अत्तरिया चोकदेखि धनगढीसम्म, अत्तरिया चोकदेखि चौमाला बजारसम्म र अत्तरिया चोकदेखि गोडी बजारसम्म बससेवा सञ्चालन गरिने जनाइएको छ।
प्रत्येक रुटका बस बिहान ९:०० बजेदेखि दिउँसो १:०० बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ ।













