• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ४. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ५. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ६. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ७. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ८. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ९. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • १०. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

काठका भाँडाकुँडाबाट आत्मनिर्भर

  •   शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका ४२ वर्षीय रामबहादुर चौधरीले काठका भाँडाकुँडा निर्माण गर्दै आएका छन् । निर्माण गरिएका भाँडाकुँडा बिक्री गरी मुक्त कमैया परिवारका उनी आत्मनिर्भर बनेका छन् ।

रोजगारीको अवसर नपाएर सङ्घर्षरत चौधरीले अहिले आफ्नै सीप र मेहनतका बलमा सफल व्यवसायीका रूपमा पहिचान बनाएका छन् । बिहान झिसमिसेदेखि साँझ अबेरसम्म कहिले ठेकी, कहिले बेलन, कहिले गिलास त कहिले घर सजावटका आकर्षक वस्तु बनाउनमा चौधरी व्यस्त हुन्छन् ।

“काठका भाँडाकुँडा बनाउने सीप सिकेपछि अरूसँग रकमका लागि हात थाप्नु परेको छैन”, चौधरीले भने, “महिनामा रु ५० हजारसम्म आम्दानी हुन्छ, अहिले नगरपालिका क्षेत्रमै काठको कार्य गर्ने व्यक्तिका रूपमा मेरो पहिचान बनेको छ, यसमै गर्व छ ।”

विजयसालको काठबाट बनेका भाँडाकुँडा स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले यसको माग बढ्दो रूपमा रहेको चौधरी बताउँछन्।

चौधरीले भने, “विजयसालको काठको अम्खोरा, गिलास लगायतमा पानी पिउँदा शरीरको विकार हट्ने भएकाले अहिले बजारमा यसको माग बढेको छ ।” बनाएका वस्तु रु पाँच सयदेखि रु दुई हजारसम्ममा बिक्री हुनले बताए । नीय बजारमै माग धान्न मुस्किल हुने गरी माग आएको उनको भनाई छ ।

“काठको सीप सिक्न त्यति सहज थिएन”, चौधरी भन्छन्, “बुबा गाउँकै एक जमिनदारको घरमा कमैया हुनुहुन्थ्यो, बाल्यकाल जमिनदारको घरमै बित्यो, अलि जान्ने बुझ्ने भएपछि काठको कामप्रतिको अभिरुचि जाग्यो ।” गाउँकै मिस्त्रीसँग काम सिक्न थालेको उनी बताउँछन्।

“कमैया मुक्ति अभियानपछि नयाँ अवसर खोज्दै सीप विकास तालिम केन्द्र पुगे, विसं २०५६ मा काठका भाँडाकुँडा बनाउने तालिम लिए, कमैयामुक्त भएपछि केही समय अनिश्चिततामा थिएँ,” चौधरी विगत सम्झदै भन्छन्, “त्यो तालिमले मलाई आत्मनिर्भर बनायो ।”

व्यवसाय सुरु गर्नु अघि आठ वर्षसम्म उनी सीप विकास तालिम केन्द्रमा प्रशिक्षकका रूपमा कार्यरत थिए । अहिले पनि स्थानीय तह वा गैरसरकारी संस्थाले सञ्चालन गर्ने तालिममा उनलाई प्रशिक्षकको रूपमा बोलाउने गर्छन् । “अर्कालाई सीप सिकाउँदा आफू पनि प्रेरित हुन्छु,” चौधरीले भने ।

चौधरी हाल दुई सहयोगी कामदारसहित व्यवसाय सञ्चालन गर्दै आइका छन् । हालसम्म उनले उद्योगमा करिब रु १४ लाख लगानी गरेका छन् । लघुवित्त संस्थाबाट लिएको रु पाँच लाख ऋण पनि यसमा समावेश छ । बाँकी पुँजी आफ्नै आम्दानी र बचतबाट उनले जुटाएका हुन् ।

चौधरीले स–मिल र सामुदायिक वनबाट विजयसालको काठ खरिद गर्दै आएका छन् । मागअनुसार काठ नपाउँदा काममा अवरोध आउने गरेको उनको भनाइ छ । त्यससँगै चौधरीलाई लगानीको पनि चुनौती छ । मुक्त कमैया पुनः स्थापनाका क्रममा उनले पाएको पाँच कट्ठा जग्गाको लालपुर्जा बैङ्कमा धितो राख्न नपाउने नियमले कर्जा विस्तारमा समस्या आएको छ ।

“लालपुर्जा बैङ्कमा राख्न पाइँदैन, त्यसैले कर्जा पाइँदैन,” चौधरी भन्छन्, “लगानी बढाउन आधार नहुँदा व्यवसाय विस्तारको योजना रोकिएको छ ।”

चौधरीको आम्दानीले अहिले परिवारको सम्पूर्ण खर्च धानेको छ । उनका सन्तान निजी विद्यालयमा अध्ययनरत छन् । घर निर्माण कार्य पनि यही आम्दानीबाट सम्भव भएको उनी बताउँछन् । चौधरी अब हस्तकलाका वस्तु ठुलो बजारसम्म पुर्‍याउने योजनामा छन्। उनको लक्ष्य आगामी वर्षसम्म आफ्ना उत्पादनलाई बाह्य बजारमा विस्तार गर्ने र स्थानीय हस्तकला प्रदर्शनीमा सहभागिता जनाउने रहेको छ ।

“हाम्रो सीपले गाउँको पहिचान बनाओस् भन्ने मेरो चाहना हो,” चौधरी भन्छन्, “काठका नेपाली हस्तकलालाई ब्रान्डको रूपमा स्थापित गर्न सकिन्छ, त्यसका लागि अझै मिहिनेत गर्न तम्तयार छु ।” रासस

शुक्रबार, कार्तिक ०७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा
टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश
युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ
रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने
धनगढीबाट २६ लाख बढीको भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ

समाचार

सबै

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ४.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ५.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ६.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.