धनगढी । कैलालीमा ब्याट्री चार्ज गर्ने साइकल आफै अनियन्त्रित भई पल्टिदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कैलारी गाउँपालिका-८ भङ्गाह बस्ने ७१ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
बिहीबार जिल्लाको गौरीगंगा नगरपालिका-१० उदासीपुरस्थित भित्री सडकखण्डमा चौधरीले चलाएको ब्याट्री चार्ज गर्ने साइकल आफै अनियन्त्रित भइ पल्टिदा निज गम्भीर घाइते भइ उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।















