धनगढी । कैलालीबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–२ बसपार्कबाट डडेल्धुराको अमरगढी नगरपालिका–९ बस्ने २१ वर्षीय प्रकाश साँउद खैरो हेरोइनसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
साँउदको साथबाट २ ग्राम ६७० मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शुक्रबार नियन्त्रणमा लिएको जनाइएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।













