धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ नहर टोलबाट गएराति भैंसी चोरी भएको छ ।
गेटाका स्थानीय तुसार बूढाको गएराति १० बजे उनकै घरबाट भैंसी चोरी भएको हो ।
बूढा परिवारले पञ्जाबी खालको भैसी भारतीय तुर्काबाट कात्तिक ४ गते एक लाख ५० हजार रुपैयाँमा खरिद गरेका थिए ।
एक दुई दिनभित्र ब्याउने अवस्थामा रहेको उक्त भैंसी चोरी हुँदा बूढा परिवारलाई तनाब भएको छ ।
ठूलो टाउको, ठूला सिङ, जीउ भर लामा रौं खैरो रंग भएको उक्त भैंसी कहि कतै देख्ने महानुभावले नजिकैको प्रहरी चौकी अथवा मोबाइल नम्बर ९८४८६३६६६६ सम्पर्क गरिदिन हुन् अनुरोध गरिएको छ ।













