धनगढी – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर उनकी पत्नी डा आरजु राणा देउवाले उम्मेदवारी दर्ता गराएकी हुन्।
वारिसनामा मार्फत आरजुले उम्मेदवारी दर्ता गरेकी हुन् । देउवाको प्रस्तावक काँग्रेस डडेल्धुराका सचिव हेमराज चटौत रहेका छन् भने समर्थक पार्टी जिल्ला उपसभापति डिल्लीराज जोशी रहेका छन्।
संघमा एकमात्र क्षेत्र रहेको डडेल्धुरामा देउवा २०४८ सालयतादेखि जित्दै आएका छन्।
डा.आरजुले गरिन् प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता
डा.आरजुले गरिन् प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













