धनगढी । कैलालीको मोहनाघाटमा छठ पर्वको तयारी सुरु भएको छ ।
धनगढी उपमहानगरपालिका २ स्थित सो मोहनाघाटमा छठ पर्वको लागि १५०० वटा स्टल बनाइएको छ, जसको लागि प्रति व्यक्ति ६५५ रुपैयाँ शुल्क लाग्नेछ। दिन नसक्नेलाई निशुल्क पनि गरिएको छठ पुजा सेवा समिति धनगढीका अध्यक्ष सन्तोष मण्डल धानुकले निशाना न्युजलाई जानकारी दिए ।
छठ पर्वका लागि मोहनाघाट नदी किनारामा सरसफाइ र सजावटको कार्य सुरु भएको छ।
यस पर्वमा नदी, ताल, लघु ताल, र पोखरीको किनार सिँगारेर घाट तयार गरिन्छ। केराका थम्बा, झिलिमिली बत्ती र सूर्यास्त र उत्खेउ सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइन्छ।















