• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ४. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ५. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ७. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ८. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ९. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • १०. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

सामूहिक एकताले बदलिँदैछ सिंहपुर गाउँको मुहार

  •   आइतबार, कार्तिक ०९, २०८२ मा प्रकाशित

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर गाउँ प्रवेश गर्दा पहिलो नजरमै सफा र चिटिक्क सडकले जोकोहीको ध्यान तान्छ । सडक छेउका चोकचौराहामा बस्न बनाइएका गोलघरले गाउँको सौन्दर्यता थप्ने कार्य गरेका छन् । थारू समुदायको बाहुल्यता रहेको यो गाउँ अहिले सामूहिक एकता, संस्कृति संरक्षण र आत्मनिर्भर विकासका कारण चिनिन थालेको छ ।

गाउँका बासिन्दाले विकास र सहकार्यलाई जीवनशैलीकै रूपमा अपनाएका छन् । गाउँमा कुनै सभा, छलफल वा बैठक गर्न छुट्टै भवन निर्माण गरिएको छ । आपतविपद् वा कुनै सामाजिक कार्यमा गाउँका युवादेखि वृद्धसम्म सबै एकजुट भएर लाग्छन् । यही सामूहिक भावना र सहयोगकै कारण सिंहपुर ‘एकताको गाउँ’को उपनामले परिचित छ ।

संस्कृति संरक्षणमा पनि गाउँ अग्रस्थानमा छ । थारू समुदायको परम्परागत नाच, गीत, पहिरन र चालचलन जोगाउन युवाहरू सक्रिय छन् । गाउँमा युवालाई एकजुट गराउन ‘सिंहपुर युवा क्लब’ गठन गरिएको छ भने प्रौढहरूको सहभागिता सुनिश्चित गर्न ‘सिंहपुर गाउँ समाज’ स्थापना गरिएको छ । यी दुई संस्था सामाजिक र सांस्कृतिक एकताको माध्यम बनेका छन् ।

क्लबमा हाल ७२ युवा आबद्ध छन् । गाउँ समाजमा ६९ सदस्य छन् । दुवै संस्थाले गाउँमा सामाजिक उत्तरदायित्व र आत्मनिर्भरता अभिवृद्धि गर्न उल्लेखनीय योगदान दिएका छन् । गाउँ समाजका भलमन्सा ठाकुराम चौधरीका अनुसार गाउँमा विवाह, धार्मिक अनुष्ठान वा भोजभतेरका लागि बाहिरबाट टेन्ट वा भाँडाकुँडा ल्याउनु पर्दैन ।

“हाम्रो समाजसँगै डिजेबाजा, टेन्ट, भाँडाकुँडा सबै उपलब्ध छन्, सबै सामग्री गाउँकै स्रोतबाट जुटाइन्छ, जसले खर्च घटाएको छ भने सहकार्य बढाएको छ”, चौधरीले भने । समाजका सदस्यहरूले मौसमअनुसार धान, गहुँ सङ्कलन गरी बिक्री गरेर कोषमा जम्मा गर्छन् । अन्न नहुने सदस्यले नगद रकम योगदान गर्छन् । हाल समाजको कोषमा रु १५ लाख बचत छ । गाउँका सदस्यलाई आपतविपद् परेका बेला एक प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइएको भलमन्सा चौधरी बताउनुहुन्छ ।

“कसैलाई आकस्मिक रूपमा बिरामी परे वा दुर्घटना भयो भने बैंक–सहकारी धाउन नपर्ने व्यवस्था गरेका छौँ”, समाजका वरिष्ठ सदस्य जोगराज चौधरीले भने, “पाँच हजारसम्मको सहयोग निःशुल्क दिइन्छ, त्यसभन्दा बढीमा ब्याज लिइन्छ ।” अहिलेसम्म ११ व्यक्तिलाई कोषबाट सहयोग प्रदान गरिएको छ ।

युवाले पनि छुट्टै बचत कोष सञ्चालन गरेका छन् । प्रत्येक महिनाको बैठकमा क्लबका सदस्यले ५० बचत गर्छन् । युवाको कोषमा पनि १५ लाखको हाराहारीमा रकम बचत छ । क्लबका अध्यक्ष बाबुराम चौधरीका अनुसार छ–छ महिनामा युवाको संलग्नतामा रक्तदान कार्यक्रम आयोजना हुने गरेको छ ।

सरसफाइ गर्दा हुने फाइदा र नहुँदाका बेफाइदाबारे गाउँका बासिन्दालाई भेला गराएर जानकारी गराउने कार्य गरिँदै आएको छ । योसँगै लागुऔषध, मानव बेचबिखन तथा सामाजिक सञ्जालमा हुने ठगीबारे चेतनामूलक कार्यक्रम पनि नियमित रूपमा क्लबका आबद्ध युवाले स्वःस्फुर्त रूपमा सञ्चालन गर्दै आएका छन् । उनीहरुले समाजसँग सहकार्य गर्दै संस्कृति संरक्षणमा समेत अग्रसरता लिँदै आएका छन् ।

क्लबको मासिक बैठकमा समाज सुधार गर्न, चेतनमूलक कार्यक्रम गर्न, खेलकुदका गतिविधि सञ्चालन गर्न, युवाहरूको नेतृत्व विकाससम्बन्धीका छलफल हुने गरेको छ । खेलकुदको विकासमा पनि क्लब र समाज अग्रसर छन् । खेलाडीलाई हरेक वर्ष खेल सामग्री, जर्सीलगायत सामग्री वितरण गरिन्छ । गाउँमै खेल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ ।

समाज र युवा क्लबले संयुक्त रूपमा सात लाखमा जग्गा खरिद गरी करिब २० लाख लागतमा पक्की सभाहल निर्माण गरेको स्थानीय नत्थुराम चौधरीले बताए । यही भवन अहिले गाउँका सबै सामूहिक गतिविधिको केन्द्र बनेको छ । सिंहपुरको सामुदायिक वनमा पर्यटन प्रवर्द्धनका लागि नगरपालिकासँग सहकार्य गरी पाहुनाघर पनि निर्माण गरिएको छ । रासस

आइतबार, कार्तिक ०९, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा
टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश
युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ
रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने
धनगढीबाट २६ लाख बढीको भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ

समाचार

सबै

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ४.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ५.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ६.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.