धनगढी । धनगढी-अत्तरिया ६ लेन सडकमा गएराति कार दुर्घटना हुँदा चार जना घाइते भएका छन ।
धनगढी उपमहानगरपालिका-१३ एयरपोर्ट मोड नजिकै सडक किनारमा रहेको रेलिङमा ठोक्किएर से १ च १७२५ नम्बरको कार दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्याल कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार दुर्घटनामा परि २८ बर्षीया सनिशा चौधरी, ३५ बर्षीय रामसाय राना, ३७ बर्षीय उपदेश ठाकुर र ४८ वर्षीय भोजराज राना घाइते भएका छन ।
सनिशा,रामसाय र उपदेशको धनगढीस्थित माया मेट्रो अस्पताल र भोजराजको नवजीवन अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए
तीब्रगतिमा रहेको कार अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।













