धनगढी । कञ्चनपुरमा प्रहरीले रु.४ लाख ४६ हजार ३७७ बराबरको अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
बिहीबार जिल्लाको भीमदत्त नगरपालिका-४,६ र १० र बेलौरी नगरपालिका-६ भुराकोटबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका उक्त मूल्यका सामान नियन्त्रणमा लिएको जनाइएको छ ।
सो मूल्यका जुत्ता, मोटरसाइकलका पार्टपुर्जा, बोइलर कुखुरा,किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।















