• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज २४, २०८३
☰
शनिबार, असोज २४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ४. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ५. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ६. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ७. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ८. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ९. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • १०. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

पन्ध्र कट्ठामा तरकारीखेती, वार्षिक पाँच लाख आम्दानी

  •   आइतबार, कार्तिक १६, २०८२ मा प्रकाशित

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ कटानका रानाथारू समुदाय व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

डेढ दशकदेखि तरकारीखेतीमा संलग्न ती समुदायले तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि हरेक वर्ष खेती विस्तारमा जोड दिएका छन् । यहाँका नाथुराम रानाले डेढ दशकअघि ७५ बोट भन्टाबाट सुरु गरेको तरकारीखेती गाउँकै पहिचान बनेको छ ।

तरकारी बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि उनले अहिले १५ कट्ठा क्षेत्रफलमा तरकारीखेती विस्तार गरेको बताए । तरकारीखेतीबाट वार्षिक रु पाँच लाख आम्दानी गरिरहेका रानाबाट पे्ररित भएर गाउँका अन्य ४० राना परिवारसमेत अहिले तरकारीखेतीबाटैै आत्मनिर्भर छन् ।

गाउँका बारी–बारीमा भन्टा, टमाटर, बन्दा, काउली खुर्सानीलगायतका हरिया तरकारी फस्टाएका छन् । यसै खेतीबाट गाउँलेहरू राम्रो आम्दानी गर्दै जीविकोपार्जन गरिरहेको राना बताउँछन् । “विसं २०६५ मा आफ्नै खेतमा ७५ बोट भन्टा रोपे यति धेरै फल्छ भन्ने मैले कल्पना नै गरेको थिइनँ”, उनले भने, “भन्टा राम्रो फलेपछि तरकारीखेती गरेर आम्दानी गर्न सकिन्छ भन्ने लाग्यो र अर्को वर्ष आधा कट्ठा जग्गामा लगाएँ ।” भन्टाबाट तरकारीखेतीमा भविष्य देखेका रानाले दोस्रो वर्षदेखि बन्दा, काउली, खुर्सानीलगायत तरकारीखेती विस्तार गर्दै लगिएको छ ।

अहिले खेती विस्तार गरेर पन्ध्र कट्ठामा तरकारीखेती गरेर वार्षिक रु पाँच लाख आम्दानी हुने गरेको राना बताउँछन् । खेती विस्तार गरेपछि आम्दानी पनि बढ्न थाल्यो । “खेती बढाउँदै गएँ, राम्रो आम्दानी हुन थाल्यो, पछि गाउँमा अरुले पनि तरकारीखेती गर्न थाले ।” उनले भने, “अरु अन्नभन्दा तरकारीखेतीमा बढी फाइदा हुन थालेपछि गाउँमा सबै तरकारीखेती गर्न थालेका हुन् ।” छयालीस परिवारको बसोबास रहेको नयाँ कटानमा ४० परिवार व्यावसायिक तरकारीखेतीमा लागेका छन् । तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका बन्धु रानाले पनि धान भित्र्याएर हिउँदे तरकारीखेतीमा लागेका छन् ।

“अहिले हाम्रो गाउँका सबैले तरकारीखेती गर्दै आएका छन्, यसमा अन्य खेतीभन्दा राम्रो आम्दानी हुन्छ”, रानाले भने, “मैले पनि हरेक वर्ष तरकारीखेती बढाउँदैछु, अहिले आठ कट्ठामा लगाएको छु ।” उनले हिउँदमा तरकारी बिक्री गरेर रु पाँच लाखसम्म आम्दानी हुने गरेको बताए । अन्य बालीभन्दा तरकारीखेतीमा तीन गुणासम्म फाइदा हुने भएकाले सिङ्गो गाउँ नै तरकारीखेतीमा लागेको उनको भनाइ छ । “सुरुमा तरकारी बोकेर घरघर गएर बिक्री गर्नुपथ्र्यो, बजारको समस्या थियो”, रानाले भने, “अहिले महेन्द्रनगरस्थित सब्जीमण्डीमा बिक्री हुन्छ, बजारको समस्या पनि छैन ।”

पछिल्लो समय तरकारीखेतीसँगै रानाथारू घरबास )होमस्टे)समेत सञ्चालन गरेर रानाथारू समुदाय आत्मनिर्भर बनेको छ । तरकारीखेतीसँगै गाउँमा होमस्टे सञ्चालन गरेपछि यहाँका स्थानीय आत्मनिर्भर बनेको रानाथारू होमस्टेका अध्यक्ष पर्शुराम रानाले बताए । “पाहुनालाई गाउँकै उत्पादन र परिकारको स्वाद दिन्छौँ”, रानाले भने, “यहाँ आउने पाहुनाले हाम्रो खाना र संस्कृति धेरै मन पराउने गर्छन् ।” उनले तरकारीखेती र होमस्टे दुवैबाट आय वृद्धि भएसँगै गाउँ अहिले आत्मनिर्भर र उदाहरणीय बस्तीका रूपमा परिचय बनाउन सफल भएको बताए । रासस

आइतबार, कार्तिक १६, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा
टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश
युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ
रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने
धनगढीबाट २६ लाख बढीको भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ

समाचार

सबै

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ४.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ५.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ६.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.