धनगढी । कञ्चनपुरमा प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
आइतबार जिल्लाको भीमदत्त नगरपालिका-११ चौकीसत्ताबाट अवैध रुपमा भारतबाट भन्सार छलेव गरि ल्याएका अन्दाजी रु.२ लाख ७ हजार ९ सय बराबरको सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका कष्मेटिक, हाडबेयर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













