धनगढी । कञ्चनपुरबाट प्रहरीले लागुऔषध मुद्दाका २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला अदालत कञ्चनपुरले कैद सजाय तथा जरिवाना ठहर गरी फरार भएका २ जनालाई प्रहरीले आइतवार पक्राउ गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार पक्राउ पर्नेमा लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएका पुनर्वास नगरपालिका–११ डोके बजारका ३० वर्षीय राजु थापा र लागुऔषध मुद्दामै २ महिना कैद सजाय तोकिएका कृष्णपुर नगरपालिका–५ बस्ने २४ वर्षीय राजु सार्की रहेका छन ।













