धनगढी । कैलालीमा स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्लाको धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भारतको लखिमपुर खिरी पलियाका २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरु सवार युपी ३१ सिएन ११७५ नम्बरको कार पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायव निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा नगदसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।















