धनगढी । कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–५ मदनचोक र पुनर्वास नगरपालिका–११ डोकेबजार क्षेत्रमा प्रहरीले अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याइएका सामान बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रहरीका अनुसार एक लाख ४१ हजार बराबरको मोटर पार्ट, गियर बक्स, किट सर्किट गियर, वेरिङ, अनचेल्ड, माछा लगायतका विभिन्न बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेका उक्त सामानहरू नियन्त्रणमा लिएको जनाएको छ।













