धनगढी । कैलालीमा बसले ठक्कर दिदा एक बृद्धाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–२ को तेघरीमा बुधबार बिहान ना ५ ख ५२५ नम्बरको बसले ठक्कर दिदा ८० वर्षीया दिलमाया श्रीसको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाकाअनुसार मृतक श्रीस गोदावरी नगरपालिका–२ कै स्थानीय बासिन्दा हुन् ।
उनलाई ठक्कर दिने बस र चालक गोदावरी नगरपालिका–१ का ५२ वर्षीय टेकराज भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













