काठमाडौँ । विभिन्न दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल निर्वाचित भएका छन् ।
बुधबार एकता घोषणापछि भएको सम्मेलनमा नेता महेन्दराय यादवले प्रचण्डलाई संयोजक र सहसंयोजकमा नेपाललाई चयन गर्न प्रस्ताव गरेका थिए । हलले यादवको प्रस्तावलाई ताली बजाएर समर्थन गरेको थियो ।













