धनगढी । बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा बझाङको थलारा गाउँपालिका–२ बस्ने ६० वर्षीय पमले खाती र सोही ठाउँ बस्ने ६२ वर्षीय जसे खातीको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते ट्याक्टर चालक कैलालीको गोदावरी नगरपालिका ४ बस्ने ४५ वर्षीय खुशीराम चौधरीलाई प्राथमिक स्वास्थ्य केन्द्र देउरामा सामान्य उपचार पश्वात थप उपचारको लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ।
बझाङको थलारा गाउँपालिका–२ काँडास्थित भित्री सडक खण्डमा दंगाजीबाट काँडागाउँ तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५७२४ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ४००/५०० मिटर तल खस्न गइ बुधवार साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ।















