धनगढी । कञ्चनपुरमा भन्सार छलीका माछा र बोइलर नियन्त्रणमा लिइएको छ ।
बुधबार जिल्लाको बेलौरी नगरपालिका-१ सिसमझाडीबाट अविध रुपमा भारतबाट भन्सार छलेव गरि ल्याएका अन्दाजी रु.४१ हजार ७५० बराबरको माछा तथा बोइलर कुखुरा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी फटैयाबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त माछा र बोइलर कुखुरा बेवारिसे अवस्थामा फेला पारी स्थानीय तथा जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको जनाइएको छ ।















