धनगढी । डोटीमा एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको जोरायल गाउँपालिका–२ बुडरका ३८ वर्षीय सोनाम थापा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जिल्ला अदालत हुम्लाको फैसलाले लिखत किर्ते मुद्दामा ३ महिना १७ दिन कैद सजाय र रु ४ हजार जरिवाना तोकिएको थापालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिपायल सिलगढी नगरपालिका–६ सिलगढीबाट पक्राउ गरेको जनाइएको छ ।













