धनगढी । कैलालीमा अवैध छलीका सामान बरामद गरिएको छ।
शनिबार जिल्लाको धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटान र टीकापुर नगरपालिका–७ मोहना नदी किनार क्षेत्रबाट ३ लाख १८ हजार मूल्य बराबरका सामानहरू बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले उक्त मूल्य बराबरका सुर्ती, स्पिकर, मोबिल, फलामको रड र नट लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













