धनगढी । डोटीमा जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लको दिपायल सिलगढी नगरपालिका–१ ढार्चुम्मा बस्ने ५२ वर्षीय ओमप्रकाश चन्द रहेको प्रहरीले जनाएको छ । लाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
चन्दले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले उनलाई शनिबार पक्राउ गरेको जनायएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













