धनगढी । कैलालीमा लागुऔषधसहित ७ जना पक्राउ परेका छन् । शनिबार जिल्लाका विभिन्न स्थानबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्लाको भजनी नगरपालिका–९ पचमोडीयास्थित होटलबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका–१२ बनबासा बस्ने २५ वर्षीय डेबिड कठरीया र ३१ वर्षीय नरेन्द्र चौधरी रहेका छन् ।
यसैगरी धनगढी उपमहानगरपालिका–१३ झलारीबाट सोही ठाउँ बस्ने २३ वर्षीय प्रविन्द राना, २४ वर्षीय घुम्मन राना र १८ वर्षीय किशोरलाई अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी लम्कीचुहा नगरपालिका–१ थपालीपुरबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय दिनेश बुढासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।













