धनगढी । कैलालीमा अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ ।
आइतबार जिल्लाको टीकापुर नगरपालिका-१ साथी अस्पताल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.१ लाख २५ हजार बराबरका सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका जेसीबीका पाटपुर्जा लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













