धनगढी । कञ्चनपुरमा अवैध भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेला, बेलौरी नगरपालिका–६ भुराकोट र दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ४६ हजार ६ सय बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यक बिडी, युरिया मल, मोबाइल कभर, हाडवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।













