डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसले अबिलम्ब महासमिति बैठक बोलाउनुपर्ने बताएका छन् । मंगलबार डोटीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीभित्र उत्पन्न अन्तरविरोधको समाधानका लागि महासमिति बैठक अपरिहार्य भएको बताए।
उनले भने, “उत्पन्न परिस्थितिमा महासमिति सदस्यहरूबीच वैचारिक बहस र छलफल चलाउनुपर्छ। छलफल र संवादबाटै समस्या समाधान सम्भव भएकाले अन्य प्रक्रियामा नलझौं।” मुख्यमन्त्री शाहले थपे, “हामी प्रजातान्त्रिक पद्धतिलाई अंगीकार गर्छौं। महासमिति बैठकमार्फत सबैको भावना र विचारलाई मन्थन गरौं।”
उनले भने “भाद्र २३ र २४ गतेका घटनापछि जेनजीले उठाएका सकारात्मक मागहरूप्रति हामी केन्द्रित हुनुपर्ने हो, तर यहाँ नेतृत्वको होडबाजी किन भइरहेको छ ?”
उनले पार्टीभित्र शक्ति सङ्कलन गरेर संगठनलाई बलियो बनाउनका लागि सबै कार्यकर्तालाई एकढिक्का भएर लाग्न आग्रह गरे।















