धनगढी । कैलालीमा अवैध काठ बरामद गरिएको छ । सोमबार जिल्लाको मोहन्याल गाउँपालिका–६ ठुलागडास्थित राष्ट्रिय वनमा वेवारिसे अवस्थामा रहेको काठ बरामद गरिएको प्रहरीले जनाएको छ ।
काठ तस्करी हुँदैछ भन्ने विशेष सूचनाको आधारमा २९ थान सालको गोलिया काठ इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जनायएको छ।















