धनगढी । संसद पुनःस्थापनाको माग गर्दै नेकपा एमाले गोदावरी नगर कमिटीले प्रदर्शन गरेको छ । एमाले गोदावरी नगर कमिटीले संसद् विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै देशव्यापी कार्यक्रम अन्तरगत प्रदर्शन गरेको हो ।
अत्तरियामा प्रदर्शनका क्रममा निकालिएको विरोध ¥याली अत्तरिया बजार परिक्रम गरी ट्राफिक प्रहरी कार्यालय अगाडि रहेको मदन आश्रित स्मृति प्रतीक्षालयमा कोणसभामा परिणत भएको थियो ।
एमालेले संसद विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै आज देशभरका पालिकामा भेला र प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।
संसद विघटनविरुद्ध एमालेले देशैभर जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।















