धनगढी – नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ। मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले थारुको उम्मेदवारी रद्द भएको जनाएको छ ।
थारुको उम्मेदवारीविरुद्ध सोमबार उजुरी परेको थियो । उनी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्याई सजाय गरी निज फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का रामबहादुर सिंहले उनीविरुद्ध उजुरी दिएका थिए।













