धनगढी- कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाकाे सचिवालय उद्घाटन गरिएको छ ।
बिहीवार धनगढीकाे एलएन चाेकमा एक कार्यक्रमकाबीच कांग्रेसका पुराना नेता भिमबहादुर शाहले सचिवालयकाे उदघाटन गरेका हुन् । सचिवालय संयोजकको जिम्मेवारी बब्लुकुमार चौधरीलाई दिइएको छ ।













