धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीमा निर्वाचन प्रहरीका लागि दरखास्त दिनेहरुको भीड लागेको छ । जिल्लामा शुक्रबारबाट निर्वाचन प्रहरी भर्ना प्रकृया सुरुभएसँगै दरखास्तका लागि भीड लाग्ने गरेको हो । शनिबार पनि बिहानै कार्यालयमा दरखास्त दिनेको भीड लागेको छ ।
समय छोटो भएका कारण शनिबार पनि दरखास्त लिन थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलालीमा ४ हजार ९८ जना निर्वाचन प्रहरी भर्ना गरिने जनाइएको छ । निर्वाचन प्रहरीका लागि दरखास्त दिनेको उत्साजनक सहभागिता रहेको प्रहरीले जनाइएको छ ।
तस्बिर निशाना न्युज

















