धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले धनगढीका वडाहरुमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । शनिबार धनगढीका विभिन्न चार वटा वडामा सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।
उनले वडा नम्बर ६, ७, १३ र १५ गरेर चार वटा वडामा सम्पर्क कार्यालय उद्घाटन गरे । वडा नम्बर ६ को मटियारी, ७ को भानुचोक, १३ को राजपुर र १५ को उर्मीमा सम्पर्क कार्यालय राखिएको छ ।
ओझाले आफनो सम्पर्क कार्यलयको उद्घाटनसंगै मतदाताहरुसंग पनि भेटघाट गरेका छन् ।













