काठमाडौं – चर्चित लोकगायक राजु परियारलाई पितृ शोक परेको छ । उनका ७२ वर्षीय बुबाको आइतबार बिहान निधन भएको हो । गायक परियारले सामाजिक सञ्जालमार्फत बुबाको निधनको खबर सार्वजनिक गरेका हुन् । लमजुङको बेंसीशहर नगरपालिका–२, चिसापानी घर भएपनि पछिल्लो समय चितवन भीमनगर बस्दै आएका परियारको उपचारको क्रममा निधन भएको हो । ३–४ वर्षयता फोक्सोसम्बन्धी समस्याबाट पीडित परियारको केही अगाडि काठमाडौंमा उपचार भएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई चितवन पुर्याइएको थियो ।
उनले फेसबुकमा लेखेका छन्– ‘बुवा आजदेखि मलाई घरको सम्पूर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्तीबाट बिदा हुनुभयो । दसँैको टिका लगाउँदा भन्नुभाथ्यो । अर्को सालको दसैं म नहुन पनि सक्छु भनेर !। सायद हजुरलाई थाहा थियो होला यी कुरा तर मलाइ भन्नुभएन किन रु जे होस् मेरो बुवाको जेठो छोरा म ।।। मेरो बुवाको अधुरा सपनाहरु सकेसम्म पुरा गर्नेछु । म बाट सदाका लागि बुवा भन्ने शब्दले बिदा माग्यो १ आत्माको चिर शान्तिको कामना बुवा हजुर १ मरन सत्य छ, तर मसँग झझल्को र आँसु बाहेक केहि छैन बुवा ।’















