डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जिल्लाको अजयमेरु गाउँपालिका–२ बसना स्थित चमडा–डडेल्धुरा पक्की सडक खण्डमा चमडाबाट डडेल्धुरा तर्फ आउँदै गरेको सु.प.प्र.०१–००२ त ७४२८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना हुदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी कृष्णपुर नगरपालिका–२ बाणी निवासी २० वर्षीय सन्दिप चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
ट्याक्टरमा चालकसहित पाँच जना सवार रहेका थिए।















