धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ । आइतबार जिल्लाको धनगढी उपमहानगरपालिका–१० सिमलघाट क्षेत्रबाट भन्सार छली गरी भारतबाट अवैध रूपमा भित्र्याइएका सामान प्रहरीले बरामद गरेको हो।
अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा राखिएका स्टेपलाइजर र एक थान मोटरसाइकलसहित अन्दाजी मूल्य २ लाख बराबरका सामान फेला पारि नियन्त्रणमा लिएको जनाइएको छ।













