• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ८. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ९. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • १०. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

दार्चुलाको चुनावी प्रतिस्पर्धा : पुरानाको बलियो संगठनले सहज छैन् नयाँको इन्ट्री

  •   सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित

दार्चुला। दार्चुलामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी यतिखेर ह्वात्तै बढेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाको प्रतिनिधिसभाको एक सिटका लागि यसपटक विभिन्न राजनीतिक दलबाट ११ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सबै उम्मेदवार अहिले आफ्नो पक्षमा मत माग्न घरदैलो अभियानमा छन् ।

दार्चुलामा विगतदेखि नै नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको छ । यसपटक नेकपा एमालेबाट पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नाले आफ्नो चुनावी अभियानलाई आक्रामक रूपमा अघि बढाएका छन् ।

सुदूरपश्चिम प्रदेश संयोजकसमेत रहेका ठगुन्ना दार्चुलाको परिचित राजनीतिक अनुहार हुन् । उनी यसपटक गुमेको साख फर्काउने र संसदीय राजनीतिमा तेस्रो जित निकाल्ने लक्ष्यसहित चुनावी मैदानमा छन् । उनले चुनावी अभियानको क्रममा गठबन्धनबाट प्रदेशसभाबाट विजयी भएका उम्मेदवारहरु कता हराएका छन् भनी प्रश्न गरे । दार्चुलामा थुप्रै समस्याहरु छन् । ती समस्या हल गर्न एमालेले विकास निर्माणका काम अघि बढाएर सडक पूर्वाधारको काम भइरहेको बताए । आफु हुँदा सुरु गरेका विकासका काम गठबन्धन बनेपछि अघि बढ्न नसकेको उनको दाबी छ ।

राजनीतिक यात्रालाई हेर्दा ठगुन्ना २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भारी मतान्तरले विजयी भएका थिए । तर २०७९ सालको निर्वाचनमा भने उनी तीनदलीय गठबन्धनका उम्मेदवारसँग पराजित हुन पुगेका थिए । त्यतिबेला नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनका कारण कांग्रेसका दिलेन्द्रप्रसाद बडुसँग ठगुन्ना २,१३४ मतले पराजित भएका थिए । बडुले २८,५१५ मत प्राप्त गर्दा ठगुन्नाले २६,३८१ मत पाएका थिए ।

यसपटक भने बडु चुनावी मैदानमा छैनन् । बदलिएको राजनीतिक समीकरण, गठबन्धनको अभाव र आफ्नो व्यक्तिगत प्रभावका कारण पुनः जित हासिल गर्नेमा ठगुन्ना विश्वस्त देखिन्छन् । स्थानीय तहमा एमालेको बलियो संगठन उनको मुख्य आधार बनेको छ । एमालेले महाकाली र शैल्यशिखर नगरपालिका तथा दुहुँ, व्याँस र मालिकार्जुन गाउँपालिकाको नेतृत्व जितेको छ भने लेकम गाउँपालिकामा पनि पार्टीको पकड राम्रो रहेको एमालेको दाबी छ ।

यता नेपाली कांग्रेसले धर्मानन्द जोशीलाई उम्मेदवार बनाएको छ । नयाँ अनुहारमार्फत मतदातालाई आकर्षित गर्ने कांग्रेसको रणनीति भए पनि पूर्वमन्त्री बडुजस्तो प्रभावशाली नेताको अनुपस्थिति र पार्टीभित्रको आन्तरिक गुटबन्दी जोशीका लागि चुनौती बन्न सक्ने आकलन गरिएको छ । उनलाई एमालेको बलियो संगठनसँग प्रतिस्पर्धा गर्नुपर्ने दबाब पनि छ ।
जिल्लाको लागि नयाँ अनुहारको रुपमा जोशी आएका हुन् । साथै जोशीले पार्टीमा लामो समयदेखि राजनीति गर्दै आएका सिनियर नेताहरुलाई संगै चुनावी अभियानमा जोड्नुपर्ने छ । उनी संसदीय राजनीतिमा पहिलोपटक होमिएका व्यक्ति हुन् ।

यसैगरी, २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा ऐतिहासिक जित निकालेका लक्ष्मणदत्त जोशी पनि यसपटक नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका छन् । लामो समय संसदीय राजनीतिबाट टाढा रहेका जोशी पुनः चुनावी मैदानमा फर्किएसँगै प्रतिस्पर्धा थप रोचक बनेको छ ।

डेढ दशकपछि उनी योपटक संसदीय राजनीतिमा कम्ब्याकको प्रयासमा छन् । जिल्लाको मार्मा, अपिहिमाल, लेकम गाउँपालिकाको नेतृत्व अहिले नेकपाले गरिरहेको छ । नेकपाको सबैभन्दा बढि पकट मार्मा गाउँपालिका हो । जहाँ नेकपाका जमनसिह धामीले निरन्तर दोस्रोपटक स्थानीय तह जितेका हुन् ।

नेकपाले जोशीलाई दार्चुलामा गणतन्त्र स्थापनासँगै जिल्लाको विकास निर्माणका प्रारम्भकर्ताको रुपमा उभ्याएका छन् ।
अर्कोतिर जेन्जी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टी देशभर सामाजिक सञ्जालमा आक्रमक प्रचार शैलीमा उत्रिएको छ । पहिलोपटक रास्वपाबाट दार्चुलामा राजेशसिह सामन्तले उम्मेदवारी दिएका छन् । छोटो समयमै जिल्लामा संगठन विस्तार गर्दै रास्वपाले घरदैलो अभियान निरन्तर गरिरहेको छ ।

तर दार्चुलाको चुनावी इतिहास हेर्दा यहाँ मुख्यतः कांग्रेस र एमालेकै वर्चस्व रहँदै आएको छ । २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी र २०६४ सालमा माओवादीले जितेको बाहेक अन्य अधिकांश निर्वाचनमा यी दुई दलबीच नै प्रतिस्पर्धा हुँदै आएको छ ।

निर्वाचन कार्यालयका अनुसार दार्चुलामा यसपटक कुल ९२ हजार ९४८ मतदाता रहेका छन् । पहिलोपटक जिल्लामा दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रिएकाले यस पटकको निर्वाचनले जिल्लामा कसलाई कम्ब्याक वा इन्ट्री गराउँछ भन्ने आम चासो बढेको छ ।

  • दार्चुलाको चुनावी प्रतिस्पर्धा : पुरानाको
सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला
काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

समाचार

सबै

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

विशेष

सबै
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.