• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ८. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ९. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • १०. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

कैलाली–५ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाउदै नेता आले

  •   सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित

कैलाली । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कैलाली क्षेत्र नं. ५ मा चुनावी माहौल निकै तातेको छ । यसैक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार प्रेमबहादुर आलेले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् ।

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहनु भएका नेता आलेले घरदैलो कार्यक्रममार्फत स्थानीयवासीका गुनासा, समस्या र सुझावहरू संकलन गर्दै विकासका एजेन्डासहित मत मागि रहेका छन ।

आइतबार घरदैलो कार्यक्रम अन्तरगत उहाँले टोल-टोलमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गरेका छन । उनले आफू विगतमा काम गरेर देखाइसकेको नेता भएको उल्लेख गर्दै जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, “जनताको घरदैलोमै पुगेर समस्या सुन्नु नै मेरो पहिलो दायित्व हो । चुनाव जित्नु मात्र लक्ष्य होइन, जनविश्वास कायम राख्नु ठूलो जिम्मेवारी हो । मैले जनतासँग गरेका वाचा पूरा गर्ने छु ।”

यसैगरी उनले धनगढीस्थित गेटा विमानस्थलको स्तरोन्नति, सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबिबिएस पढाई सञ्चालन, खुटिया–बिपीनगर–दिपायल–बझाङ हुँदै उरै ताक्लाकोट जोड्ने सडक निर्माण, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र शिक्षाको विकासलाई आफ्नो मुख्य एजेन्डा बताए।

नेता आलेले स्थानीय पूर्वाधार विकास, कृषि आधुनिकीकरण, महिला सशक्तीकरण, युवा स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धनलाई आफ्नो प्राथमिकतामा राखेका छ्न । उनले लामो समयदेखि भोग चलन गर्दै आएको आफ्नो जमिनको लालपूर्जा नपाएका कैलाली–५ का जनतालाई लालपूर्जाका लागि आवश्यक पहल गर्ने बताए ।

घरदैलो कार्यक्रमअन्तर्गत टोल–टोलमा पुगेर जनताको अवस्था बुझ्दै आउनु भएका नेता आलेले स्थानीयवासीले उठाएका जग्गाधनी प्रमाण पुर्जा, खानेपानी, सडक स्तरोन्नति, ढल निकास, स्वास्थ्य सेवा र रोजगारीका समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले जनप्रतिनिधि जनताकै घरमा पुगेर समस्या सुन्नु नै लोकतान्त्रिक अभ्यासको सबल पक्ष भएको उल्लेख गरे ।

स्थानीयवासीले गेटा विमानस्थल आसपासका जनताले लालपुर्जा नपाएको, सडकको जिर्ण अवस्था रहेको, बाढीको समयमा हुने जलमग्न समस्या तथा युवाहरूका लागि रोजगारीका अवसर अभावबारे गुनासा राखेका थिए । त्यसका साथै टोलमा स्वास्थ्य चौकीको स्तरवृद्धि, सामुदायिक भवन निर्माण र व्यवस्थित बजार पूर्वाधार निर्माणको मागसमेत गरिएको थियो ।

नेता आलेले ती सबै मागलाई योजनाबद्ध रूपमा सम्बोधन गर्ने आश्वासन दिँदै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर विकासका कामलाई तीव्रता दिने बताए।

उनले भने, “जनताको घरदैलोमै पुगेर समस्या सुन्नु र समाधानको मार्ग पहिल्याउनु नै मेरो पहिलो दायित्व हो । चुनाव जित्नु मात्र लक्ष्य होइन, जनविश्वास कायम राख्नु ठूलो जिम्मेवारी हो । यहाँका जनताको समस्याको समाधान गर्न म कुनै कसर बाकी राख्ने छैन । समस्याको समाधान मैले गर्छु ।”

नेता आलेले गेटा विमानस्थल क्षेत्रलाई आर्थिक तथा पर्यटन विकासको केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनाबारे पनि चर्चा गरे ।

सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला
काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुरमा एक लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

समाचार

सबै

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य

विशेष

सबै
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.