धनगढी । नेकपा (एमाले) कैलाली क्षेत्र नम्बर–५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार यज्ञराज ढुंगाना ले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। निर्वाचन नजिकिँदै जाँदा उनले विभिन्न गाउँ तथा बस्तीमा घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राख्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।
घरदैलो अभियान अन्तर्गत ढुंगानाले स्थानीय बासिन्दाका समस्या, गुनासा र सुझावहरू सुन्ने काम गरिरहेका छन्। मतदातासँग संवाद गर्दै उनले विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र कृषिको आधुनिकीकरण आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन्।
उनले विगतमा अधुरा रहेका विकासका योजनाहरूलाई पूर्णता दिने, सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने तथा युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ढुंगानाले जनताको विश्वास जित्दै कैलाली–५ लाई समृद्ध क्षेत्र बनाउने आफ्नो लक्ष्य रहेको पनि बताए।
घरदैलो कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीय बासिन्दाले पनि उम्मेदवार ढुंगानालाई स्वागत गर्दै आफ्नो क्षेत्रमा विकासको अपेक्षा राखेका छन्।
कैलाली जिल्ला मा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू अहिले घरदैलो, टोलभेला र जनसम्पर्क अभियानमा सक्रिय रहेका छन्।
घरदैलोमा उत्साह कैलाली–५ मा एमाले उम्मेदवार यज्ञराज ढुंगानाको जनसम्पर्क अभियान तीव्र
घरदैलोमा उत्साह कैलाली–५ मा एमाले उम्मेदवार यज्ञराज ढुंगानाको जनसम्पर्क अभियान तीव्र
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













