धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले आज फागुन ९ गते धनगढी उपमहानगरपालिका–८ राधास्वामी टोलमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन ।
उक्त कार्यक्रममा उम्मेदवार आलेले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका दु:ख, समस्या तथा सुझाव सुनेका थिए । नागरिकहरूले रोजगारी, सडक पूर्वाधार, खानेपानी, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता आलेले जनताका आधारभूत आवश्यकताहरू सम्बोधन गर्न आफू प्रतिबद्ध रहेको बताए । उनले कैलाली निर्वाचन क्षेत्र न.५ को समग्र विकास, युवाका लागि रोजगारी सिर्जना, कृषि तथा पर्यटन प्रवर्द्धन र सामाजिक सुरक्षा सुदृढीकरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।
घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले उम्मेदवारसँग खुला संवाद गर्दै आफ्ना अपेक्षा र मागहरू प्रस्तुत गरेका थिए।
उम्मेदवार आलेले जनतासँगको प्रत्यक्ष संवादमार्फत विकासका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता दोहोर्याएका थिए ।














