दार्चुला- दार्चुलामा अरिङ्गालले चिल्दा बालकको मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका ६ ग्वानिमा अरिङ्गालले चिल्दा बालकको मृत्यु भएको हो।
आमासँगै मेला गएका स्थानीय ६ वर्षीय प्रशान्तसिंह धामीलाई अरिङ्गालले चिल्दा मृत्यु भएको प्रहरिले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आइतबार दिउँसोतिर आमासँगै खर फागला गएका प्रशान्तलाई घर फर्कने बेला अरिङ्गालले चिलेको थियो ।
अरिङ्गालले चिलेपछि उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको भए पनि उपचारको क्रममा रातिको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ।













