• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ५. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ६. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ८. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ९. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • १०. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

जनताको रोजाइसँगै संगठनको बलमा जित सुनिश्चित छ : एमाले उम्मेदवार ढुंगाना

  •   आइतबार, फागुन १०, २०८२ मा प्रकाशित

धनगढी । नेकपा एमाले कैलालीका जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर–५ बाट उम्मेदवार बनेका छन् । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा पार्टी संगठनको नेतृत्व गर्दै आएका ढुंगानामाथि आफूसँगै अन्य चार क्षेत्रका पार्टीका उम्मेदवारलाई जिताउनुपर्ने जिम्मेवारी छ ।

उमेरले ४६ वर्षका ढुंगाना पहिलो पटक संसदीय निर्वाचनमा होमिएका छन् । उनले विद्यार्थी संगठनबाट आफ्नो राजनीतिक यात्रा सुरु थिए । २०५४ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका उनले कैलाली बहुमुखि क्याम्पसको प्रारम्भिक कमिटी हुँदै जिल्ला अध्यक्ष र पछि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालेका थिए । उनले नेबिसँगको गढ मानिने कैलाली बहुुमुखि क्याम्पसमा २०६३ सालमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएर नेतृत्व क्षमता देखाएका थिए ।

एमाले पार्टीको जिल्ला कमिटी सदस्यदेखि प्रदेश सचिवालय सदस्यसम्मको अनुभव बटुलेका ढुंगाना १२ फागुन २०८० मा सम्पन्न एमाले कैलाली जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए ।

राजनीतिसँगै व्यवसायमा समेत सक्रिय ढुंगाना धनगढीमा नवजीवन अस्पताल सञ्चालन, इलेक्ट्रोनिक स्कुटर डिलर तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कलेजमा संलग्न छन् । संगठनात्मक पकड, सामाजिक पहुँच र व्यवसायिक पहिचानलाई उनले आफ्नो बलियो पक्षका रूपमा प्रस्तुत गरेका छन् ।

ढुंगानाले भने आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर मत मागिरहेका छन् । आफू युवाको प्रतिनिधिका रूपमा चुनावी मैदानमा उत्रिएको उल्लेख गर्दै उनले पदमा नहुँदा पनि जनताको पक्षमा निरन्तर काम गरेको बताएका छन् ।

२०७९ को स्थानीय तह निर्वाचनअनुसार कैलाली–५ अन्तर्गत धनगढी उपमहानगरपालिकाका १९ र कैलारी गाउँपालिकाका २ वडा पर्छन् । धनगढीमा कांग्रेस बलियो मानिए पनि एमालेले पनि उल्लेख्य मत प्राप्त गर्दै आएको छ । यही राजनीतिक अंकगणित र आफ्नो संगठनात्मक प्रभावलाई आधार बनाउँदै ढुंगाना यसपटक जित निकाल्ने प्रयासमा छन् ।

कैलाली–५ एमालेका लागि प्रतिस्पर्धात्मक क्षेत्र मानिन्छ । २०७४ र २०७९ को निर्वाचनमा एमालेका नारदमुनी रानाले झिनो मतान्तरले पराजय बेहोरेका थिए । २०७९ मा कांग्रेसका उम्मेदवारले २१ हजार ३९२ मत ल्याउँदा एमालेका उम्मेदवारले २० हजार १३८ मत पाएका थिए । समानुपातिकतर्फ पनि कांग्रेसले १५ हजार ६१७ मत प्राप्त गर्दा एमालेले १४ हजार ३२१ मत ल्याएको थियो, जसले यहाँ एमाले र काँग्रेसबीच प्रतिस्पर्धा कडा रहेको देखाउँछ ।

  • जनताको रोजाइसँगै संगठनको
आइतबार, फागुन १०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला
काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

विशेष

सबै
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ४ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ५.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ६.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.