• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ५ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ५. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ६. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ८. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ९. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • १०. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

निर्वाचनको तयारी ९५ प्रतिशत पूरा, १५ हजार कर्मचारी खटिने

  •   मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशमा आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि करिब ९५ प्रतिशत तयारी पूरा भएको छ। प्रदेशका सबै १६ निर्वाचन क्षेत्रमा आवश्यक निर्वाचन सामग्री पुगिसकेको र कर्मचारी व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जनाइएको छ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम फागुन १७ गतेसम्म सञ्चालन हुनेछ। प्रदेशका ७३४ वडामै मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए । कैलालीका १२६ वडासहित प्रदेशका सबै १६ निर्वाचन क्षेत्रका वडामा मतदाता शिक्षा अभियान सञ्चालनमा रहेको कार्यालयले जनाएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा करिब १५ हजार कर्मचारी खटिने भएका छन्। मतदानमा खटिने कर्मचारीहरूलाई आवश्यक तालिम प्रदान गरिसकिएको छ भने फागुन १७ गतेभित्र सबै कर्मचारी निर्वाचन सामग्रीसहित सम्बन्धित मतदान केन्द्रमा पुग्ने कार्यक्रम तय गरिएको छ।

यस पटक प्रतिनिधि सभा निर्वाचनमा मतदाताले प्रत्यक्ष र समानुपातिकतर्फ गरी दुई वटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्नेछ। प्रदेश निर्वाचन अधिकारी भट्टले निर्वाचन अवधिभर सूचना प्रवाहको शुद्धता कायम राख्नु अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलिन सक्ने अफवाह र भ्रामक सूचनाप्रति सचेत रहन आम मतदाता तथा सञ्चारकर्मीलाई आग्रह गरे।

निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र नागरिक सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ। सामाजिक सञ्जालमा फैलिने गलत सूचना र अपुष्ट समाचारले निर्वाचन प्रक्रियामा नकारात्मक असर पार्न सक्ने भएकाले संयमित र तथ्यमा आधारित सूचना प्रवाह आवश्यक रहेको उनले जोड दिए।

यो पटकको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा कुल १७ लाख १६ हजार ६६० जना मतदाता रहेका छन्। प्रदेशभर एक हजार १७६ मतदान स्थलमा दुई हजार १९९ मतदान केन्द्र कायम गरिएको छ। सुरक्षा व्यवस्थासमेत सुदृढ पारिएको जनाउँदै सम्बन्धित निकायहरूले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित वातावरणमा सम्पन्न गराउने तयारी गरिएको बताएका छन्।

निर्वाचन नजिकिँदै जाँदा प्रदेशभर निर्वाचनको माहोल तातेको छ भने मतदाता शिक्षा, कर्मचारी परिचालन र सामग्री व्यवस्थापनका कामले तीव्रता पाएको छ। निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको निर्वाचन कार्यालयले जनाएको छ।

 

  • १५ हजार कर्मचारी खटिने
मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला
काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

विशेष

सबै
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ५ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ५.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ६.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.