डोटी। डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामीको पक्षमा समर्थन बढ्दै गएको छ। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै विभिन्न दल परित्याग गरी एमाले प्रवेश गर्ने क्रम तीव्र बनेको छ।
जिल्लाको पूर्वीचौकी गाउँपालिकामा नेपाली कांग्रेसका युवा नेता मीन बहादुर साउद, देब बहादुर साउत लगायत २१ जना कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। नवप्रवेशीहरुलाई स्वागत गर्दै एमाले उम्मेदवार दीपक धामीले पार्टीप्रति जनताको विश्वास बढ्दै गएको बताए।
धामीले विकास, सुशासन र समृद्धिको स्पष्ट एजेन्डासहित एमाले अघि बढिरहेको उल्लेख गर्दै सोही एजेन्डाले जनतालाई आकर्षित गरेको धारणा राखे। उनले देश र जिल्लाको समग्र विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको समेत बताए।
नवप्रवेशीहरुले एमालेको नीति, नेतृत्व र विकासप्रतिको प्रतिबद्धताबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताएका छन्। उनीहरुले अब एमालेको जित सुनिश्चित गर्न सक्रिय भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
निर्वाचन नजिकिँदै जाँदा डोटीमा एमालेप्रति जनताको आकर्षण बढ्दै गएको र विभिन्न दलका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गर्ने क्रम जारी रहेको एमालेले जनाएको छ।
कांग्रेसका युवा नेता सहित २१ जना एमाले प्रवेश
कांग्रेसका युवा नेता सहित २१ जना एमाले प्रवेश
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार

















