धनगढी । दार्चुलाबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
बुधबार जिल्लाका विभिन्न ठाउँबाट अन्दाजी रु ३६ हजार ४९५ बराबरका किरानाका सामान फेला पारी बरामद गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाइएको छ ।













