धनगढी । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर-१ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार देपेन्द्रबहादुर शाहीले पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
शाहीसँगै प्रलोपाका कञ्चनपुर जिल्ला प्रमुख तथा केन्द्रीय सदस्य अमरसिंह विष्टसहित ५४ जना नेताकार्यकर्ता पनि नेकपामा समाहित भएका छन्। शाही र विष्ट दुवै प्रलोपाका केन्द्रीय सदस्यसमेत रहेका थिए।
नेकपामा प्रवेशपछि शाहीसहितका नेताकार्यकर्ताहरूले सो क्षेत्रबाट नेकपाका तर्फबाट उम्मेदवार रहेकी महिला नेतृ विना मगरलाई विजयी गराउने अभियानमा सक्रिय रूपमा खटिने प्रतिवद्धता व्यक्त गरेका छन्।













