धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रमेश प्रसाइँले धनगढी सचेत नागरिक बस्ने सहर रहेको भन्दै यसपालिको चुनावमा यहाँका मतदाताले परिवर्तन रोज्ने दावी गरेका छन् । रास्वपाले आज धनगढीमा गरेको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले यो चुनावमा परिवर्तनको पक्षमा मत दिन मतदातालाई आग्रह गरे ।
धनगढीमा कुनै पार्टीले ढुङ्गा उठाए पनि जित्छ भन्ने भास्यलाई यहाँका जनताले स्थानीय चुनावमै गलत सावित गरिदिएको उनको भनाइ थियो । यहाँका नागरिकले परिवर्तन चाहना राख्ने भएकाले नै धनगढीमा स्वतन्त्र उम्मेदवारलाई मेयरमा निर्वाचित गराएको उनले बताए ।

















