• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ७ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ८. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ९. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • १०. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

आधुनिकताको छायाँमा राना थारु समुदायको होली

  •   बुधबार, फागुन २०, २०८२ मा प्रकाशित

कञ्चनपुर । कैलाली र कञ्चनपुरका राना थारु समुदायको सांस्कृतिक पहिचानसँग गहिरो सम्बन्ध राख्ने होली पर्व रङको उत्सव मात्र नभई धार्मिक आस्था, सामाजिक एकता र परम्परागत अभ्यासको आधार पनि हो । पछिल्ला वर्षमा आधुनिक प्रभाव र देखासिकी प्रवृत्तिका कारण यसको मौलिकता क्रमशः हराउँदै गएको छ ।

शुक्लाफाँटा नगरपालिका–६, कसरौलका मुनिराम रानाका अनुसार राना थारुहरूको होली पर्व समुदायको इतिहास र धार्मिक विश्वासको सजीव दस्तावेज हो । “पहिला होली गाउँभित्रै सीमित हुन्थ्यो”, उनले भने, “हरेक घरमा परम्परागत विधिअनुसार होली खेलिन्थ्यो, जसको घरमा खेलिन्थ्यो, त्यहीँ रमाइलो हुन्थ्यो, त्यहीँ पकाइएको खाना खाइन्थ्यो ।”

पहिलाको होलीमा सगुनका रूपमा भेली दिने, फगुवास्वरूप केही रकम आदानप्रदान गर्ने चलन थियो । सम्पन्न परिवारले मासु र दालभात खुवाउँथे भने आर्थिक अवस्था कमजोर परिवारले आफ्नो सीमाभित्र दालभात खुवाएर अतिथि सत्कार गर्थे । सबैभन्दा महत्वपूर्ण कुरा धनसम्पत्ति होइन, सामुदायिक सद्भाव र सांस्कृतिक निरन्तरता रहेको उनले उल्लेख गरे।

आजको अवस्था भने फरक छ । मुनिराम रानाले व्याख्या गर्दै भने, “अहिले होली गाउँमै सीमित छैन, बजार क्षेत्र, सार्वजनिकस्थल र पैसा कमाउने माध्यमका रूपमा होली खेलिन थालेको छ यो हाम्रो मौलिक चलन होइन ।”

पूर्ववडाध्यक्ष जगता रानाले यस्तै कुरा जोड्दै भने, “पहिला धार्मिक कथा, देवीदेवताको प्रसङ्ग र सामाजिक सन्देश बोकेका गीत गाइन्थे, अहिले नयाँ शैलीका गीत र नाचगानले पुराना गीत विस्थापित गरिरहेका छन् ।”

राना थारु समुदायमा होली केबल एकदिनको पर्व होइन । कसरौला गाउँका ७१ वर्षीय चन्द्रसेन रानाका अनुसार माघ शुक्ल पूर्णिमादेखि नै होलीको प्रतीक स्थापना गरी पर्वको सुरुआत गरिन्छ । गाउँको दक्षिण–पूर्व दिशामा प्रतीक राखिन्छ र त्यसपछि एक महिनासम्म प्रत्येक रात महिला र पुरुष भेला भएर ‘जिउँदो होली’ खेल्छन् ।

यस अवधिमा भगवानका कथा, धार्मिक आख्यान र सामाजिक प्रसङ्ग गीतमा ढालेर प्रस्तुत गरिन्छ । गीतको नेतृत्व गर्ने महिलालाई ‘मोढी’ भनिन्छ भने उनलाई पछ्याएर गाउनेलाई ‘पिछडिया’ भनिन्छ । ढोलक बजाउनेलाई ‘ढोलिया’ भनिने चलन छ ।

फागुन शुक्ल पूर्णिमाका दिन होलिका दहन गरिन्छ । त्यसको भोलिपल्ट मात्र खरानीको टीका लगाइन्छ । त्यसअघि टीका लगाइँदैन । त्यसपछि सात दिनसम्म ‘मरेकी होली’ खेलिन्छ भने आठौँ दिन बेलुका ‘खखडेहरा’ नामक विशेष विधि सम्पन्न गरिन्छ । यस क्रममा खप्टा, घल्ला र घोडाका माटोका प्रतिमा फोडिन्छन् । यो कार्य गाउँका सीमित अगुवा व्यक्तिले मात्र गर्ने चलन छ । विश्वासअनुसार यसरी गर्दा दुष्टआत्मा गाउँमा प्रवेश गर्न सक्दैन । फोड्ने कार्य सम्पन्न गरेर फर्कंदा पछाडि फर्केर हेर्न नहुने मान्यता छ, हेरेमा दुष्टआत्मा पुनःफर्कने विश्वास छ ।

पुरुषको होली त्यहीँबाट समाप्त हुन्छ भने महिलाको होली चैत चराईसम्म जारी रहन्छ । यसरी होली पर्व धार्मिक आस्था, सामाजिक संरचना र सांस्कृतिक अभ्यासको सङ्गमका रूपमा विकसित भएको देखिन्छ ।

राना थारु समुदायको होलीसँग मौलिक पहिरन र गहनाको गहिरो सम्बन्ध छ । उनान्नसत्तरी वर्षीय रामकली रानाले भनिन्, “पहिलाको होलीमा महिलाले लगाउने घँघरिया, अँगिया, फतुई, उढनियाजस्ता घरमै बुनेका कपडा, शिरदेखि पाउसम्मका गहना समाजमा उच्च सम्मानको सूचक हुन्थ्यो ।”

महिलाले कपालमा चाँदीको चाँबी, कानमा वीर, नक्बेसर, नथुनी, घाँटीमा चाँदीको धागो, कठुला–हसुला, कण्ठ–गरिया, घिच्ची, पाखुरामा लगौरा, नाडीमा पुग्ने गहना, औँलामा कलात्मक औँठी, कम्मरमा सिक्रीवाला कँधनी, पैँतलामाथि ढुन्नी र पायल लगाउने चलन थियो ।

“यसरी सजिएकी महिलालाई समाजले सभ्य र संस्कारयुक्त मान्दथ्यो”, उनले भनिन्। आज ती परम्परागत गहना र पहिरन सीमित महिलासँग मात्र बाँकी छन् । बजारमा पाइने आधुनिक गहनाले परम्परागत गहनाको स्थान लिन थालेको छ । पुरुषले प्रयोग गर्ने झगिया, फेटा र हातमा बिल्ला लगाउने चलन पनि हराउँदै गएको छ । केही वर्षदेखि महिलाको पहिरन जोगाउने प्रयास भए पनि पुरुषको पहिरन जोगाउन चुनौती अझै छ ।

समुदायका बुढापाकाले होलीका पुराना गीत लिपिबद्ध नहुँदा हराउने जोखिम बढेको बताउँछन् । मौखिक परम्परामा आधारित गीत नयाँ पुस्तासम्म हस्तान्तरण हुन नसक्दा सांस्कृतिक निरन्तरता कमजोर भएको छ । रामसहाय रानाका अनुसार होलीलाई मौलिक स्वरूपमै जोगाउन सामुदायिक पहल आवश्यक छ । “हामी राना थारु भएको कुरा चिनाउने नै हाम्रो फरक संस्कृति हो, संस्कृति हरायो भने पहिचान नै गुम्छ”, उनले भने ।रासस

 

  • थारु समुदायको होली
बुधबार, फागुन २०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला
काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

विशेष

सबै
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ७ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.